काठमाडौं– पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनजनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न चितवन जिल्ला अदालतले अनुमति दिएको छ ।
उनीहरूको बयान नसकिएकाले उनीहरुलाई हिरासतमा राख्न थप पाँच दिन म्याद थपिएको हो । अदालतले यसअघि गत शुक्रबार पाँच दिन हिरासतमा राखेर उनीहरूमाथि अनुसन्धान गर्ने समय दिएको थियो ।
प्रहरीले यसअघि अनुसन्धानका लागि १० दिनको समय माग गरेको थियो । गत शुक्रबार लामिछानेसहित पक्राउ परेका युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।