युवाहरुलाई नपुंसक बनाइरहेको छ धूमपानको लत

एजेन्सी– स्मोकिङ अर्थात् धूमपानको लतले क्यान्सर मात्र होइन, युवाहरुमा नपुंसकता पनि विकास गरिरहेको अध्ययनहरुले देखाएका छन् । युवाहरुमा पछिल्लो समय धूमपानका कारण इन्फर्टिलिटी (बाँझोपना) बढिरहेको किङ्ग जर्ज मेडिकल विश्वविद्यालयका चिकित्सकहरुले गरेको अध्ययनले निष्कर्ष निकालेको हो । अध्ययनका अनुसार स्मोकिङका कारण युवाहरुको स्पर्म काउन्ट कम भइरहेको छ र शुक्रकिटको गुणवत्ता पनि कमजोर हुँदै आएको छ । 

यो अध्ययनको निष्कर्ष ६ वर्षसम्म गरिएको अध्ययनबाट निकालिएको हो । अध्ययनमा १ सय ५० युवा सम्मिलित गरिएको थियो । धूमपानले युवाहरुको कोषहरु बिगारेको र त्यहाँबाट निस्किएको रेडिकलले धमनीहरु सुकाउने मात्र होइन, शुक्रकिटको उत्पादनको क्षमता पनि निरन्तर घटिरहेको अध्ययनमा पाइएको छ ।





  • प्रकाशित मिति : भदौ ३, २०७६ मंगलबार २१:२१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया