चिया कि कफी: स्वास्थ्यलाई कुन फाइदा र किन ?

एजेन्सी- आजभाेलि सहरमा चिया र कफी दुवैकाे फेसन बढ्दाे छ । कफी पसलहरु मात्र हाेइन, चिया पसलहरु पनि खुल्ने क्रम बढ्दाे छ । 

र, धेरैले चिया वा कफी के पिउने भन्ने आफ्नाे राेजाइ पनि बुझिसकेका छन् । कतिलाई चिया नै मन पर्छ भने कतिलाई कफी । तर, स्वास्थ्यका हिसाबले कुन ठीक त ? चिया कि कफी ?

अनुसन्धानहरुका अनुसार पहिले कफीभन्दा चियामा बढी क्याफाइन हुन्छ । तर, पाकिसकेपछि कफीमा धेरै क्याफाइन रहन्छ । हाम्राे शरीरलाई दिनभर काम गर्नका लागि चाहिने शक्तिका लागि क्याफिन फाइदाजनक हाे तर अत्याधिक क्याफिन हाम्रा लागि ठिक नहुन सक्छ । त्यसैले याे सन्दर्भमा कफीभन्दा चिया नै राम्राे मान्न सकिन्छ ।

चियामा हुने एन्टीअक्सिडेन्ट्सले हाम्राे शरीरलाई डिटक्स गर्न सहयाेग गर्छ । झन् ग्रिन टीमा याे बढी हुन्छ । कफीमा एन्टीअक्सिडेन्ट्स चियाभन्दा निकै कम हुने भएकाले याे अर्थमा पनि चियालाई राम्राे मान्ने गरिएकाे छ ।

तर यदि काेही पनि व्यक्ति मधुमेहकाे बिरामी हाे भने उसले चियाभन्दा कफी पिउनु राम्राे मानिन्छ । कफीलाई टाइप टु डायबिटिजकाे खतरा कम गर्ने पेय पदार्थका रुपमा पनि लिइन्छ ।

शरीरकाे ताैल घटाउन पनि चियाभन्दा कफी राम्राे मानिन्छ । तर, जिम वा अन्य कुनै अभ्यास नगर्नेहरुलाई चाहिँ ब्ल्याक टि नै राम्राे हुने अध्ययनहरुले देखाएका छन् ।





  • प्रकाशित मिति : भदौ ३, २०७६ मंगलबार २१:४६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया