पाकिस्तानमा प्रस्तुति दिएका भारतीय गायक मिका सिंह प्रतिबन्धमा परे, फेडेरेसनसँग मागे माफी

नयाँ दिल्ली– भारतीय गायक मिका सिंहले ८ अगस्टमा पाकिस्तानी अर्बपति अदनान असदकी छोरीको बिहेमा प्रस्तुति दिएका थिए । जब यसको सुइँको चल्यो, भारतीयहरु उनीमाथि खनिन थाले । ‘द फेडेरेसन अफ वेस्टर्न इन्डिया सिने इम्प्लोइज एसोसिएसन’ले त उनीमाथि प्रतिबन्ध नै लगायो ।

यद्यपि, मिका सिंहले फेडेरेसनलाई पत्र लेखेर माफी मागेका छन् । पत्रमा उनले आफ्नो पक्ष सुनेर मात्र कुनै ‘एक्सन’ लिन अनुरोध गरेका छन् । 

५ अगस्टमा भारतले जम्मु–कस्मिरलाई दिइआएको विशेष राज्यको मान्यता खारेज गरिदिएपछि भारत–पाक सम्बन्ध तनावपूर्ण अवस्थामा छ । पाकिस्तानले भारतसँगको सबै सम्बन्ध तोडेको बताएको छ । उसले भारतीय सिनेमामाथि पनि प्रतिबन्ध लगाएका समाचार आइरहेका छन् । यस्तोमा भारतमा पनि पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठिरहेका छन् । 

यस्तो विषम परिस्थितिमा देशवासीको भावनामाथि ठेस पुग्नेगरी पाकिस्तान गएर प्रस्तुति दिएको भन्दै फेडेरेसनले मिकामाथि प्रतिबन्ध लगाएको हो । उनीसँग काम गर्ने अरु जोसुकैलाई पनि प्रतिबन्ध लगाइने फेडेरेसनले चेतावनी दिएको छ । 

अमेरिकाका ६ सहरमा हुन लागेको सलमान खानको सोमा पनि मिका सिंहले प्रस्तुति दिने कार्यक्रम छ । यस्तोमा फेडेरेसनले सलमान खानलाई पनि मिकालाई आफ्नो सोको हिस्सा नबनाउन चेतावनी दिएको छ । 





  • प्रकाशित मिति : भदौ ३, २०७६ मंगलबार २२:५१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया