विरोधीमाथि ओलीको कटाक्ष– म अझै १५ वर्ष अखाडामै हुन्छु, अर्को चुनावमा अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा विरोधीहरुले नबाँचिदिए हुन्थ्यो भन्ने चाहेको बताउँदै आफू अझै १५ वर्ष बाँच्ने विश्वास प्रकट गरेका छन् ।

‘केहीले मरिहालोस् भनेका छन् तर म अझै १५ वर्ष अखडामै हुन्छु,’ संविधान दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘विरोधीहरू अर्को चुनावमा अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ ।’

उपचारका लागि बिहीबार सिंगापुर जान लागेको बताउँदै प्रधानमन्त्री ओलीले आफूलाई अहिले नै केही नहुने बताए ।

लामो संघर्ष गरेर बनाएको संविधानको रक्षामा सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै ओलीले भने, ‘हामीले कष्टपूर्ण दिन बिताएर र अनेक अवरोध छिचोलेर यो संविधान प्राप्त गरेका हौँ । त्यसकारण यसको संरक्षण कार्यान्वयन गर्ने जिम्मा हाम्रो हो ।’

प्रधानमन्त्रीले आफू सिंगापुरबाट फर्किएर भव्यता र व्यापक तयारीसहित मनाउनेगरी संविधान दिवसको तयारी थाल्न मूल समारोह समितिका पदाधिकारीहरुलाई आग्रह गरे ।





  • प्रकाशित मिति : भदौ ४, २०७६ बुधबार १३:५२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया