पाकिस्तानी क्रिकेटरले गरे भारतीय एयर होस्टेससँग विवाह

एजेन्सी– भारत र पाकिस्तान दुई देशको सम्बन्ध कहिल्यै पनि राम्रो हुन सकेन । अहिले पनि यी दुई देशबीचको सम्बन्ध निकै तनावमा गुज्रिरहेको छ । तर, यहीबीच पाकिस्तानी क्रिकेटर हसन अलीले भारतीय एयर होस्टेस शामिया आरजुसँग विवाह गरेका छन् । 

अनि यो विषय अहिले भारतीय मिडिया तथा सामाजिक सन्जालमा निकै चर्चाको विषय बनेको छ । कतिले त यसलाई दुई देशबीचको प्रेमको संज्ञा दिएका छन् । 

यी दुईको गत महिना विवाहको घोषणा भएको थियो । 

पाकिस्तानका फास्ट बलर हसन अलीले हरियाणाकी एयर होस्टेस शामियासँग मंगलबार दुबईमा विवाह गरेका हुन् । यी दुईको भेट गत वर्ष भएको थियो । 

हसन अली भारतीय युवतीसँग विवाह गर्ने चौथों पाकिस्तानी क्रिकेटर हुन् । यसभन्दा पहिले जहिर अब्बास, मोहसिन खान तथा शोएब मलिकले भारतीय युवतीसँग विवाह गरेका थिए । 

हसन अलीले विवाहको अघिल्लो साँझ आफ्नो ट्विटरमा एउटा फोटो राख्दै विवाह गर्नुअघिको अन्तिम रात भन्ने क्याप्सन लेखेका छन् । 



टेनिस प्लेयर सानिया मिर्जाले पनि हसन अलिलाई बधाई दिँदै ट्विट लेखेकी छिन् । 



  • प्रकाशित मिति : भदौ ४, २०७६ बुधबार १४:३९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया