काठमाडौं प्रहरीले लिएन रविपत्नी निकिताको जाहेरी

काठमाडौं– शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि हिरासता रहेका पत्रकार रवि लामिछानेकी पत्नी निकिता पौडेलले दिएको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गर्न मानेन ।

केहीबेरअघि निकिताले भिडियो जालसाजी गरेको भन्दै चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध प्रहरी परिसर टेकुमा जाहेरी दिएकी थिइन् । परिसरले उनको जाहेरी दर्ता नगरी चितवन जान सुझाएर पठाएको छ ।

घटना, भिडिओ र आरोपीहरुमाथि चितवन प्रहरीले नै छानबिन गरिरहेकाले निकिताको जाहेरी काठमाडौंबाट हेर्न नमिल्ने भन्दै काठमाडौं प्रहरीले निकितालाई उतै जान सुझाव दिएको हो ।

पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछानेसहित तीनजनाविरुद्ध चितवन प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ ।

यसअघि, शालिकराम पुडासैनीको परिवारले दिएको किटानी जाहेरी भने काठमाडौं प्रहरीले नै दर्ता गरी सिल प्याक गरेर चितवन पठाएको थियो । पहिले घटना भएकै जिल्लामा जाहेरी दिनुपर्ने प्रावधान रहेकोमा गत भदौदेखि लागू भएको नयाँ मुलुकी अपराध संहिताले जुनसुकै जिल्लाबाट जाहेरी दर्ता गर्न मिल्ने व्यवस्था गरेको छ । 






  • प्रकाशित मिति : भदौ ४, २०७६ बुधबार १५:३८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया