एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपालकाे पहिलाे खेल श्रीलंकासँग

काठमाडौं– यसै महिना श्रीलंकामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एसिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलंकाको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ ।

यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालले भदौ २० गते श्रीलंकाको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’मा परेको छ । नेपालको समूहमा आयोजक श्रीलंकासँगै बंगलादेश र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् ।

त्यसैगरी, समूह ‘ए’मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । नेपालले आफ्नो दोस्रो खेलमा भदौ २२ गते बंगलादेशसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल भदौ २४ गते युएईसँग खेल्नेछ ।

राउण्ड रोबिन लिगपछि दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । असार महिनामा मलेसियामा सम्पन्न भएको एसिसी यू–१९ इन्टर्न रिजनको उपाधि जितेर नेपाल एसिया कपमा छनोट भएको थियो । त्यतिवेला नेपालले फाइनल खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै उपाधि हासिल गरेको थियो ।
 





  • प्रकाशित मिति : भदौ ४, २०७६ बुधबार १५:५२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया