[भारत] उत्तराखण्डमा बाढीपीडितलाई राहत लिएर गएको हेलिकोप्टर दुर्घटना, २ को मृत्यु, १ गम्भीर

नयाँ दिल्ली– भारतको उत्तराखण्डमा बाढीपीडितका लागि राहत लिएर गएको एउटा हेलिकोप्टर दुर्घटनामा परेको छ ।

हेलिकोप्टरमा पाइलट र को–पाइलटको र एक स्थानीय सवार थिए । दुर्घटनामा उनीहरुमध्ये दुईजनाको मृत्यु भएको र एकजना गम्भीर घाइते भएको भारतीय मिडियाले जनाएका छन् । 

भारतको उत्तराखण्ड केही दिनदेखि बाढीको चपेटामा छ । पछिल्लो साता भीषण वर्षाका कारण उत्तराखण्डसँगै हिमाचलका थुप्रै भागमा बाढीपहिरोका समाचार आइरहेका छन् । यसैबीच, आज बिहान बाढीपीडितका लागि राहत बोकेर गएको हेलिकोप्टर उत्तराखण्ड प्रदेशको उत्तरकाशी जिल्लामा क्र्यास भएको हो । 
 





  • प्रकाशित मिति : भदौ ४, २०७६ बुधबार १६:४५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया