Mon, 23 Sep, 2019


फिल्म निर्देशक किशोर रानाको निधन
फरकधार / भदौ ४, २०७६

काठमाडौं– वरिष्ठ फिल्म निर्देशक किशोर राना मगरको बुधबार निधन भएको छ । 



लामो समयदेखि मिर्गौला रोगबाट पीडित रानाकाे उपचारका क्रममा निधन भएको हाे । 

उनले कर्जा, राँको, करोडपति, घामछाया, सीमारेखा, एक नम्बरको पाखे, सन्तानको माया, बन्धकी, शिवशक्ति, मिस्टर मंगले, कारबाहीलगायत फिल्म निर्देशन गरेका थिए । 

दिवंगत निर्देशक रानाको आत्माको चीर शान्तिको कामना गर्दै फिल्मकर्मीहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् । ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्