अमेरिका इरान टकरावकाे रहस्य

एजेन्सी— अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले इरानी सेनालाई आतंकवादी सेना घाेषणा गरे र इरानले पनि अमेरिकी सेनालाई । यी दुईबीच तनाव सुरु भएकाे पहिलाे पटक हाेइन । यसकाे पछाडि लामाे राजनीति रहेकाे छ, त्यसैकाे संक्षेप: 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा इरानसँग भएको परमाणु सम्झौतालाई रद्द गरिदिए । तर, इरान न खेल त्याग्ने स्थितिमा देखिन्छ, न कुनै कदम उठान सक्ने अवस्थामा । रुहानीले आफू आफ्ना सहयोगीसँग छलफल गर्दै अगाडि बढ्ने जनाएका छन् । दुई वर्षको ठाकठुक पश्चात् सन् २०१५ जुलाइमा इरानसँग ‘डिल’ भएका अमेरिका बाहेक बेलायत, रुस, फ्रान्स, चीर र जर्मनीले पनि हस्ताक्षर गरेका छन् ।

के भएको थियो सम्झौतामा ?

‘ज्वाइन्ट कम्प्रेहेन्सिव प्लान अफ एक्शन’ अर्थात् यस सम्झौता अनुरसार इरानले आफ्नो परमाणु गतिविधि सीमित गर्नुपर्थ्यो । र त्यसको सट्टामा इरानमाथि लगाइएको आर्थिक प्रतिवन्ध पनि हटाइनुपर्ने थियो । जुलाई २०१५ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले विश्वसामु यसलाई ‘बेस्ट डिल’ भएको बताएका थिए । त्यतिबेला ह्वाइट हाउसले प्रमाण दिँदै इरानसँग लगभग २० हजार सेन्ट्रिफ्युज र युरेनियमको पर्याप्त भण्डारण रहेको बताएको थियो । जसको सहायतामा इरानले दुई महिनामा ८ देखि १० वटासम्म बम बनाउ सक्ने र त्यसका लागि १ वर्षभन्दा बढी समय चाहिने पनि बताएको थियो ।

इन्टरनेशनल एटमिक इनर्जी एजेन्सी (आइएइए)को पुष्टिपछि जनवरी २०१६ मा इरानमाथि लागेको आर्थिक मन्दी हटाएको थियो । तर, ट्रम्प भने सँधै यो ‘डिल’को विरुद्धमा थिए । ट्रम्पलाई फकाउन प्रयास गरिरहेका बेलायत, फ्रान्स र जर्मनीले अझैपनि उक्त सम्झौता नतोड्न आग्रह गरिरहेका छन् । यस्तै चीन र रुसको पनि यसमा समर्थन रहेको छ ।

 



कति खतरनाक इरान ?

१८ औं शताब्दिमा नादिर शाहपछि इरानले कुनैपनि देशमाथि हमला गरेको छैन् । तर, शक्तिको भरमा उसलाई दबाउनु पनि सजिलो नरहेको मुक्तदर बताउँछन् । उनी भन्छन्, यदि अमेरिका हमला गर्छ भने के परमाणु बमको प्रयोग गर्छ त ? गर्छ त ? सबै परमाणु क्षेत्र पहाडमा छन् । ‘सबै परमाणु क्षेत्र पहाडमा छन्’ अमेरिकाले अनुमान लगाएको थियो कि, पारम्परिक हतियारद्वारा ती परमाणु क्षेत्रलाई नष्ट गर्नका लागि अमेरिकी वायुसेनाको विमानलाई ३ हजार फन्को लगाउनुपर्छ । तर, आर्थिक मोर्चामाथि इरानको समस्या बल्झिन सक्छ । अमेरिकासँग व्यापारिक सम्बन्ध राख्ने कम्पनीले इरानसँग दूरी पनि बढाउनेछन् ।



विश्वको चिन्ता

सम्झाैता बाट पछि हट्ने घोषणा गर्दै राष्ट्रपति ट्रम्पले साउदी अरब र इजरायललाई खुसी बनाए । तर, के यसले अमेरिकालाई कुनै फाइदा गर्ला ? किंग्स कलेज बेलायतका प्रोफेसर हर्ष पन्तका अनुसार ट्रम्प प्रशासन जुन तरिकाले भटाभट निर्णय गरिरहेको छ, त्यो अचम्भित पार्ने खालको छ । चाहे त्यो जलवायु परिवर्तनको कुरा होस्, चाहे त्यो व्यापारको कुरा, या फेरि परमाणु सम्झाैता।

अमेरिकासँग सम्बन्ध राख्ने अन्य देशले, सरकार परिवर्तन होस् वा नहोस् तर जुन अन्तर्राष्ट्रिय डिल छ त्यसको निरन्तरता होस् भन्ने चाहान्छन् । तर, ट्रम्प भने हरेक चीजलाई उखेल्दै हिँडिरहेका छन् । यस्तो परिस्थितमा कुन चाहिँ देश अमेरिकासँग वार्ता गर्न चाहान्छ होला र ? ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई सीमित राख्नका लागि कुनैपनि त्यस्ता योजना अगाडि सारेका छैनन् । यदि इरानले फेरि परमाणु हतियार बनाउन सुरुवाता गर्यो भने पूरै मध्यपूर्वमा हतियारको होडबाजी सुरु हुने आशंका छ । डिल रद्द भएपछि विश्वको सबैभन्दा ठूलो चिन्ता नै यही हो ।

  • प्रकाशित मिति : भदौ ४, २०७६ बुधबार १९:२८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया