एजेन्सी– एमेजनको जंगलमा लागेका भयानक आगोका कारण ब्राजिलमा २७ सय किलोमिटर परसम्मका सहरमा धुँवा धुलो पुग्न थालेको छ, त्यहाँको धुँवा पुग्दा साओ पाउलो पनि दिउँसै रात परेजस्तो हुन थालेको त्यहाँका बासिन्दाले जनाएका छन् ।
विभिन्न अन्तर्राष्ट्रिय सन्चारमाध्यममा आएको समाचार अनुसार ब्राजिलको राष्ट्रिय इन्स्टिच्युटले ७२८४३ आगलागीका घटनाबारे रिपोर्ट बनाएको छ । यो गत वर्षको भन्दा ८० प्रतिशत बढी हो ।
त्यहाँको जंगलमा आगो लाग्नुको कारण अहिलेसम्म खुलेको छैन । तर, पछिल्लो समय त्यहाँको आगो अन्तरिक्षबाट पनि देखिन थालेको नासाले जनाएको छ ।
नासाले अन्तरिक्षबाट खिचिएका केही तस्विरहरु सार्वजनिक गरेको छ जसमा एमेजनको आगो देख्न सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।