काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरतर्फ प्रस्थान गरेका छन् । बिहीबार दिउँसो उनी थाई एयरबाट सिंगापुरका लागि प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंहका अनुसार प्रधानमन्त्रीको शरीरमा मिर्गौलासम्बन्धी एन्टिबडी बढेका कारण उनी सिंगापुर गएका हुन् ।
सिंहका अनुसार सिंगापुरमा एन्टिबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधि प्रयोग गरी उपचार गरिनेछ ।
सिंहका अनुसार सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालका विज्ञ चिकित्सकले प्रधानमन्त्रीको मिर्गौलाको परीक्षण गर्ने र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।