पोखरेल कार्यबाहक प्रधानमन्त्री

काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि बिहीबार सिंगापुर प्रस्थान गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी हुन् ।

पोखरेललाई राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि कार्यबाहकको जिम्मेवारी दिएकी हुन् । 

प्रधानमन्त्री ओली भदौ २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । 





  • प्रकाशित मिति : भदौ ५, २०७६ बिहीबार १५:१०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया