मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, ग्वान्जाओको महावाणिज्यदूतमा पुडासैनी नियुक्त

काठमाडौं– सरकारले भदौ १, २ र ४ गते बसेका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

निर्णय सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले  ‘द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड’का महाप्रबन्धक राजु लौडारीले दिएको राजीनामा स्वीकृत गरेको जानकारी गराए ।

यस्तै, बैठकले ग्वान्जाओको महावाणिज्यदूतमा राजपत्रांकित प्रथम श्रेणीका सहसचिव हरिशरण पुडासैनीलाई नियुक्त गरेको छ । पुडासैनीको कार्याकाल चार वर्षको हुनेछ ।

मन्त्रिपरिषद् बैठकका निर्णयको पूर्ण विवरण यसप्रकार छ :





  • प्रकाशित मिति : भदौ ५, २०७६ बिहीबार १६:५३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया