काठमाडौं– काठमाडाैंको बालाजु औद्योगिक क्षेत्रमा बिहीबार आगलागी भएको छ ।
सशस्त्र प्रहरी बलको एम्बुलेन्स मर्मत गर्ने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो ।
औद्योगिक क्षेत्र भित्र रहेको फोर्स मोटर ग्यारेजमा भएकाे आगलागीबाट ४ वटा नयाँ गाडी र एउटा मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।
त्यसैगरी मर्मतको क्रममा रहेको सशस्त्र प्रहरी बलको एम्बुलेन्स पनि क्षतिग्रस्त भएको छ ।
काठमाडौं महानगरपालिका र नेपाली सेनाका दमकलको आगो नियन्त्रणमा लिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।