पुडासैनी मृत्यु प्रकरणमा अनावश्यक रूपमा आफूलाई मुछेको भन्दै मेयर रेणु दाहालकाे आपत्ति

चितवन– भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनावश्यक रूपमा उच्चपदस्थ नेता र आफूलाई मुछेको भन्दै आपत्ति जनाएकी छिन् । सरोकारै नभएका राज्यका उच्च पदस्थ नेतृत्व र भरतपुर महानगरपालिका मेयरलाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको उनको आरोप छ । 

दाहालले बिहीबार एक विज्ञप्ति जारी गर्दै ‘सामाजिक सञ्जालको दुरुपयोग गरेर कपोकल्पित, मनगढन्ते अनगर्ल तथा भ्रामक विचारहरु सम्प्रेषण गर्ने, अपशब्द प्रयोग एवम् गालीगलौज गरी व्यक्तिको वैयक्तित स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुखद् भएको’ उल्लेख गरेकी छिन् ।

अनावश्यक टीकाटिप्पणी गरेर घटनालाई विषयान्तर नगर्न पनि दाहालले सबैसँग अनुरोध गरेकी छिन् । घटनाको निष्पक्ष छानबिन गरी शीघ्र न्यायिक निरुपण गर्न पनि उनले अनुरोध गरेकी छिन् । 

यस्तो छ विज्ञप्ति :





  • प्रकाशित मिति : भदौ ५, २०७६ बिहीबार १७:१९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया