सचिनको एउटा रेकर्ड जसलाई कसैले ‘ब्रेक’ गर्न सक्दैनन्

एजेन्सी– भारतीय क्रिकेटर विरेन्द्र सहवागलाई प्रष्ट वक्ताका रुपमा चिनिन्छ । उनी खेलमा जति लोकप्रिय थिए, त्यति नै अहिले आफ्नो रिटायर्ड जीवनमा विभिन्न अभिव्यक्तिका कारण उनी चर्चामा आइरहेका हुन्छन् । त्यस्तै भारतको राजधानी नयाँ दिल्लीमा उनले एक कार्यक्रममा भनेको कुरा अहिले भारतमा निकै चर्चामा छ । 

ओपनिङमा खेल्ने सहवाग विस्फोटक ब्याट्सम्यान मानिन्छन् । सन् २००० दशकका पहिला वर्षहरुमा उनी क्रिजमा उत्रिएपछि भारतले खेल जित्छ भन्ने सहज अनुमान गरिन्थ्यो । 

भारतका अर्का खेलाडी सचिन तेन्दुल्करसँग खेलेका सहवागले अहिले सचिनकै विषयमा बोलेर चर्चा कमाएका हुन् । अहिले भारतीय कप्तानसमेत रहेका ब्याट्सम्यान विराट कोहलीलाई पनि सचिनसँग तुलना गर्ने गरिएको छ । 

यही समयमा सहवागले सचिनको विषयमा बोल्दै उनको एउटा रेकर्ड कसैले तोड्न नसक्ने बताएका हुन् । ‘सचिनले २ सय वटा टेस्ट म्याच खेलेका छन्,’ सहवागले भनेका छन्, ‘मलाई लाग्छ, त्यो रेकर्ड अब कसैले पनि ब्रेक गर्न सक्दैन, कसैले पनि आफ्नो जीवनमा २ सय वटा टेस्ट म्याच खेल्न सक्दैन ।’





  • प्रकाशित मिति : भदौ ६, २०७६ शुक्रबार ९:५६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया