विप्लवका नवलपरासी जनसरकार प्रमुख पक्राउ

भरतपुर– नेत्रविक्रम चन्द विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा जनसरकार प्रमुख प्रेमप्रसाद ढकाललाई प्रहरीले गिरफ्तार गरेको छ । 

उनी सुनवलस्थित आफ्नै घरमा हुँदा बिहिबार राति प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले उनीमाथि अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

यसअघि पश्चिम नवलपरासीमा नै विप्लव समूहका जिल्ला इन्चार्ज सुमन ज्ञवाली पनि पक्राउ परेका थिए । उनी अहिले कारागर चलान भएका छन् । 

विप्लव समूहका कतिपय नेताहरु पक्राउ पछि समूहलाई छोड्ने प्रतिबद्धता जनाएर धरौटीमा रिहा हुँदै आएका छन् ।





  • प्रकाशित मिति : भदौ ६, २०७६ शुक्रबार १०:४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया