कम्युनिस्टहरुमा राजा–महाराजाको लक्षण देखियो : प्रचण्ड

काठमाडाैं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका कम्युनिस्टहरुमा सत्तामा पुगेपछि राजा–महाराजाको जस्तो लक्षण देखिन थालेको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीमा सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी उल्टिएर अहिले व्यक्तिगत निर्णय गर्ने र त्यसको जिम्मेवारी समूहले लिइदिनुपर्ने अवस्था उत्पन्न भएको बताए । 

पार्टीमा जसलाई जे मन लाग्यो, त्यही बोल्न थालिएको बताउँदै उनले भने, ‘आजभोलि अनुशासनबाट गिरेर जसलाई जे मन लाग्यो, त्यही बोलिदिने, समूहको हितलाई बेवास्ता गर्ने भयौ,’ उनले थपे, ‘हामी हिजो निकै अनुशासित थियौँ र मात्र यहाँ आइपुगेका हौँ ।’ 

यस्तो प्रवृत्तिलाई सच्याउनुपर्नेमा जोड दिँदै प्रचण्डले यसले पूर्वी युरोपमा जस्तो राजा“महाराजाविरुद्ध लडेका जनताले नै लखेट्ने अवस्था आउन सक्ने चेतावनी दिए । पूर्व युरोपमा विदेशी हस्तक्षेप भएर वा कसैले सशस्त्र संघर्ष गरेर सत्ता नउल्टिएको उल्लेख गर्दै उनले भने, ‘कम्युनिस्ट नेता नै राजा–महाराजाजस्तै हुँदै गएपछि जनताले लखेटेका हुन्, हामीकहाँ पनि यसो हेर्दा लक्षणचाहिँ कता–कता त्यस्तै देखिएको छ ।’

प्रधानमन्त्री एव‌ पार्टी अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर जानुअघि बसेकाे सिचवालय बैठकमा उनी र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको विवादतर्फ प्रचण्डकाे भनाइ लक्षित थियाे ।





  • प्रकाशित मिति : भदौ ६, २०७६ शुक्रबार १६:२३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया