आफ्नै श्रीमती बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ

काठमाडाैं– आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्तिकी श्रीमतीले महानगरीय प्रहरी परिसर भक्तपुरमा आफू बिरामी हुँदा पनि श्रीमानले बलात्कार गरेको जाहेरी दिएपछि प्रहरीले उनका श्रीमान् मोहन (नाम परिवर्तन)लाई बिहीबार पक्राउ गरेको हो ।
 
रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका–८ जितपुर बस्दै आएका ३० वर्षीय श्रीमान्ले २६ वर्षीया श्रीमतीलाई बलात्कार गरेको जाहेरी आएपछि श्रीमान्लाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
 
१० वर्षअघि विवाह भएको यो दम्पतीको आठ वर्षको एक छोरा रहेको उनले जानकारी दिए । प्रहरीले थापाथलीस्थित प्रसूतिगृहमा श्रीमतीको स्वास्थ्य परीक्षण गरिएको र श्रीमान्को शुक्रबार स्वास्थ्य परीक्षण गरी अदालत पेस गर्ने र थप अनुसन्धान गर्ने जानकारी दिएकाे छ । 





  • प्रकाशित मिति : भदौ ६, २०७६ शुक्रबार १६:३४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया