एभिसी सेन्ट्रल जोन पुरुष भलिबलमा नेपालद्वारा अफगानिस्तान पराजित

काठमाडौं । एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा नेपालले अफगानिस्तानलाई पराजित गरेकाे छ । साे जितसँगै नेपालले पाँचौ स्थान हासिल गरेको छ ।

नेपाल प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानसँग पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा माल्दिभ्ससँग पराजित हुँदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको थियो । शुक्रबार पाँचौ स्थानका लागि भएको खेलमा अफगानिस्तानलाई सोझो सेटमा पराजित गर्दै नेपाल पाँचौ भएको हो  । 

ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा भएको खेलमा नेपालले ३-१ सेटको जित निकालेको हो । नेपालले पहिलो सेटमा २५-२३ को जित निकाल्न सफल भएको थियो । 

त्यस्तै दोस्रो सेटमा भने अफगानिस्तानले उत्कृष्ट पुनरागमन गर्‍यो दोस्रो सेट अफगानिस्तानले २५-२३ ले जित्न सफल भयो । तेस्रो सेटमा पुनः नेपालले २५-१८ को जित निकाल्न सफल भयो  । नेपालले चौथो सेट २५-२३ को जित निकाल्यो  ।





  • प्रकाशित मिति : भदौ ६, २०७६ शुक्रबार १८:६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया