नागरिकता विधेयक अघि बढाउन सत्तारुढ नेकपा नै बाधक
फरकधार / ७ भदौ, २०७६

काठमाडौं– संसदको राज्यव्यवस्था समितिले नागरिकता विधेयकका विवादित विषय टुंग्याउन चैतमा उपसमिति बनाए पनि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कारण सो विधेयक अघि बढ्न सकेको छैन । नेकपाले नागरिकता सम्बन्धी विधेयक तत्काललाई अघि नबढाउन भनेपछि उपसमितिले ४ महिनासम्म काम गर्न पाएको छैन । 



राज्यव्यवस्था समितिले नागरिकतासम्बन्धी विधेयकका विवादित विषय टुंग्याउन नेकपा सांसद विजय सुब्बाको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिले सो विधेयकमाथि सामान्य छलफल गरेर संसदको राज्यव्यवस्था समितिमै फर्काउने तयारी गरेको छ ।

पार्टी (नेकपा)ले अहिले नागरिकतासम्बन्धी विधेयक अघि नबढाउनू अरु विधेयक टुंग्याउनू भनेकाले अरू विधेयकमाथिको छलफल गर्दागर्दै समय पनि मिलाउन नसकिएका कारण सो विधेयक अघि बढाउन नसकिएको उपसमिति संयोजक सुब्बा बताउँछन् । 



उपसमितिलाई वैवाहिक अंगीकृत नागरिकता कसरी दिने, सम्बन्धविच्छेद भइसकेपछि नागरिकतामा भएको पूर्वपतिको थर फेर्न पाउने या नपाउनेलगायत विवाद १५ दिनमा टुंगाउनुपर्ने जिम्मेवारी दिएको थियो । तर, यसमा पर्याप्त छलपल नै हुन नपाएको उपसमिति संयोजक सुब्बाको स्वीकारोक्ति छ ।



  • प्रकाशित मिति : भदौ ७, २०७६ शनिबार १५:२१:२६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया