अमेजोन जंगलको आगलागी नियन्त्रणका लागि ब्राजिलले सेना परिचालन गर्ने

एजेन्सी– विशाल अमेजोन जंगलमा लागेको आगलागी नियन्त्रणका लागि ब्राजिलका राष्ट्रपति जेर बोलसोनारोले सेना परिचालन गर्ने घोषणा गरेका छन् । आगो लागेको हप्तौँ दिन हुँदा पनि आगो नियन्त्रण गर्न ब्राजिलले कदम नचालेको आरोप लागेपछि राष्ट्रपति बोलसोनारोले सेना परिचालनको घोषणा गरेका हुन् ।

पृथ्वीमा २० प्रतिशत अक्सिजन उत्पादन गर्ने विशाल अमेजोन जंगलमा भएके आगलागीका कारण हजारौँ हेक्टर जंगल र लाखौँ चराचुरुंगी तथा जनावर डढेर मरेका छन् । अमेजोन जंगलमा २ हजार ५०० भन्दा बढी क्षेत्रमा आगलागी भइरहेको छ ।

युरोपियन राष्ट्रले आगो लागेको एक सातासम्म ब्राजिलका राष्ट्रपतिले कुनै कदम नचालेमा आलोचना गर्दै आएका थिए । अमेजोन क्षेत्रको ठूलो हिस्सा ब्राजिलमा पर्छ।

यसअघि ब्राजिलले आगलागी नियन्त्रण गर्न नसक्ने बताउँदै आएको थियो । यता फ्रान्स र आयरल्यान्डले भने ब्राजिलले आगलागी नियन्त्रण गर्ने प्रयास नगरेसम्म दक्षिण अमेरिकी राष्ट्रसँग व्यापार सम्झौता रद्द गर्ने चेतावनी दिएको थियो । चौतर्फी दबाबपछि ब्रजिल आगलागी नियन्त्रणका लागि सेना परिचालन गर्न तयार भएको हो ।





  • प्रकाशित मिति : भदौ ७, २०७६ शनिबार १६:४६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया