कस्मिर हिँडेका राहुल गान्धीलाई सरकारले श्रीनगर विमानस्थलबाट फर्काइदियाे

नयाँदिल्ली– भारतीय प्रहरीले कस्मिर भ्रमणमा जान लागेका कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीलाई श्रीनगर विमानस्थलबाट फर्काइदिएको छ । गान्धी शनिबार तनावग्रस्त क्षेत्र जम्मु कस्मिरको भ्रमणका लागि निस्किएका थिए।

उनीसँगै कांग्रेस नेता गुलाम नबी अजाद, आनन्द शर्मा, केसी वेणुगोपाल, सिपिएम महासचिव सीताराम येचुरी, डिएमका नेता तिरुची शिवा, शरद यादव, दिनेश त्रिवेदी, एनसिपीका नेता माजिद मेमन र सिपीआईका महासचिव डी राज कस्मिर भ्रमणका लागि निस्किएका थिए ।

गान्धी र अन्य नेताहरुलाई प्रहरीले पटक–पटक त्यहाँ नजान आग्रह गरेको थियो । सो आग्रहका बाबजुद उनीहरू भारत प्रशासित क्षेत्र कस्मिरको श्रीनगरसम्म पुगे । तर, प्रहरीले श्रीनगर विमानस्थलबाटै उनीहरूलाई दिल्ली फर्काइदियो ।

प्रहरीले उनीहरूलाई विमानस्थलबाट बाहिर निस्कन दिएन । रिपोर्टिङका लागि विमानस्थल पुगेका पत्रकारलाई समेत प्रहरीले रिपोर्टिङ गर्न नदिएको जनाइएको छ । उक्त प्रतिनिधिमण्डलले श्रीनगरका मानिसहरु तथा विभिन्न पार्टीका नेताहरुसँग भेटेर कस्मिरको अवस्थाबारे बुझ्ने कार्यतालिका थियो ।





  • प्रकाशित मिति : भदौ ७, २०७६ शनिबार १७:१८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया