धर्मनिरपेक्ष राज्य बनाउनु कांग्रेसको बाध्यता : कांग्रेस नेता आचार्य

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नरहरि आचार्यले नेपाललाई धर्मनिरपेक्ष राज्य बनाउनु कांग्रेसको बाध्यता भएको बताएका छन् । 

शनिबार आचार्यको निवासमा भेला भएका नेता–कार्यकर्तासँगको कुराकानीमा उनले संविधान निर्माण गर्दा कम्युनिस्ट पार्टीहरू एकजुट भएकाले कांग्रेसले बाध्य भएर धर्मनिरपेक्षता स्वीकार गरेको बताए ।  

कांग्रेसले धर्मनिरपेक्षता नचाहेको, तर तत्कालीन नेकपा एमाले र माओवादी धर्मनिरपेक्षताको पक्षमा भएका कारण मुलुक धर्मनिरपेक्ष राष्ट्र भएको उनको जिकिर छ । 

पछिल्लो संविधान निर्माण गर्दा कांग्रेसले धार्मिक स्वतन्त्रताको पक्षमा कुरा राखेको आचार्यले बताए । 





  • प्रकाशित मिति : भदौ ७, २०७६ शनिबार १८:३७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया