शालिकरामको भिडियो काटकुट नगरिएको रिपोर्ट
टिभी कार्यक्रम प्रस्ताेता रवि लामिछानेलाई त्यही भिडियाेमा लगाइएकाे आराेपका कारण प्रहरीले पक्राउ गरेकाे थियाे ।

काठमाडौं– पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अगाडि आफ्नै मोबाइलमा रेकर्ड गराएको भिडियो काटकुट नभइ बाहिर आएको प्रहरीको प्रयोगशालाको रिपोर्टले जनाएको छ । यसअघि नेपाल आज नामको मिडियाले सार्वजनिक गरेको भिडियो काटकुट गरिएको वा छेडछाड गरिएको हुनसक्ने आशंका गरिएको थियो । 

जिल्ला सरकारी वकिल कार्यालयमा आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएपछि अनुसन्धानमा खटिएका एक प्रहरीले अधिकारीले जनाए । 

‘बरामद भएको भिडियो सक्कली नै हो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले फरक धारसँग भने, ‘ल्याबबाट पनि यो भिडियोमा कुनै छेडछाड नगरिएको रिपोर्ट आएको छ, त्यही अनुसार प्रतिवेदन पनि बनेको छ ।’

ती प्रहरी अधिकारीका अनुसार पुडासैनीको मोबाइलमा अन्य विभिन्न प्रमाण पनि भेटिएका छन् जसले पुडासैनीको आत्महत्यामा कसैले दुरुत्साहन गरेको हुनसक्ने आधार थिए । यसबारे अहिले बोल्दा अनुसन्धान प्रभावित हुनसक्ने भन्दै ती प्रहरी अधिकारीले केही बोल्न चाहेनन् ।

प्रहरीले पुडासैनीको मोबाइललाई परीक्षणका लागि आफ्नो ल्याबमा पठाएको थियो । 






  • प्रकाशित मिति : भदौ ८, २०७६ आइतबार १७:२९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया