बयान नसकिएपछि रवि लामिछाने आज पनि प्रहरी हिरासतमा

भरतपुर– चितवन जिल्ला अदालतले आज पनि पत्रकार रवि लामिछानेलाई प्रहरी हिरासतमा पठाएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहनको आरोपमा रविसहित अन्य दुईलाई १० दिनअघि प्रहरीले पक्राउ गरेको थियो ।

आइतबारबाट तीनैजनाको बयान अदालतमा सुरु भएको छ । तर, आइतबार अस्मिता भनिने रुकु कार्कीको मात्र बयान सकियो ।

अदालतले अब युवराज कँडेल र रवि लामिछानेको बयान सोमबार विहानबाट सुरु गर्ने जनाएको छ ।

अर्केतिर रवि लामिछानेलाई अनाहकमा फसाउन खोजिएको चितवन जिल्ला अदालतअगाडि समेत प्रदर्शन गरिएको छ । प्रहरीले यो क्षेत्रलाई केही अघि निषेधित क्षेत्र घोषणा गरेको थियो ।






  • प्रकाशित मिति : भदौ ८, २०७६ आइतबार १७:३७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया