रवि हिरासतमै रहने भएपछि चितवनमा प्रहरी–प्रदर्शनकारीबीच झडप

भरतपुर– चितवनको भरतपुर अस्पताल रोडमा निस्किएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरुको प्रदर्शनका कारण उक्त क्षेत्र तनावग्रस्त भएको छ । 

प्रहरीले भीडलाई नियन्त्रणमा लिन आधा दर्जनभन्दा धेरै अश्रुग्याँस प्रहार गरेको त्यहाँका पत्रकारहरुले जनाएका छन् । 

प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा एक दर्जन घाइते भएका छन् । झडपमा केही प्रहरी पनि घाइते भएका छन् । 

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने, युवराज कँडेल र रुकु कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो । यसअघि अनुसन्धानका लागि दुई पटक पाँच दिनको म्याद थपिएको थियो । आइतबार अदालतमा बयान सुरु भए पनि रवि लामिछाने र युवराज कँडेलको बयान लिन समय पुगेन । अदालतमा रुकु कार्कीको बयान भने सकिएको छ । 

सोमबार बयान सुरु गर्ने भन्दै अदालतले रविलाई आइतबार पनि प्रहरी हिरासतमा राख्न आदेश दिएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय चितवनले चाहिँ यी तीनविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको छ । तीनैजना विरुद्ध पाँच वर्ष कैद तथा ५० हजार जरिवाना माग गरिएको छ ।






  • प्रकाशित मिति : भदौ ८, २०७६ आइतबार १८:३३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया