माेबाइल गीत सुन्दा गुमाइएला सुन्ने शक्ति !

एजेन्सी– यदि तपाईंले स्मार्ट फोनमा ठूलो आवाजमा गीत सुन्ने गर्नुभएको छ भने सावधानी अपनाउनुपर्ने भएको छ । युनाइटेड नेसन्सअन्तर्गतको एजेन्सीको एक रिपोर्टमा बताइएअनुसार स्मार्ट फोनमा गीत सुन्ने र लगातार ठूलो आवाजको सम्पर्कमा रहने कारण संसारभरका एक अर्बभन्दा धेरै मानिसमा बहिरोपनको खतरा हुने देखिएको छ । रिपोर्टमा यो समस्याबाट छुटकारा पाउने तरिका पनि बताइएको छ । 

१२–३५ वर्षका युवायुवतीमा धेरै खतरा

युनाइटेड नेसन्सको रिपोर्टअनुसार जुन मान्छेहरूमा यसको खतरा छ उनीहरूको उमेर १२ देखि ३५ वर्षको बीचमा छ । वल्र्ड हेल्ट अर्गनाइजेसन (डब्लुएचओ) ले बताएअनुसार सुस्तश्रवणको समस्यामा रहेकाहरूका लागि विश्वभर ७ सय ५० मिलियन डलर खर्च हुने अनुमान छ । डब्लुएचओका प्राविधिक अधिकारी शेली चड्डाका अनुसार संसारभर एक अर्बभन्दा बढी युवायुवती स्मार्ट फोनमा ठूलो ध्वनिमा गीत सुन्ने गर्छन् । उनीहरू त्यसका लागि इयरफोन अथवा हेडफोन प्रयोग गर्ने गर्छन् । तर, यसले उनीहरू बहिरोपनको सिकार हुन सक्छन् अथवा उनीहरूको सुन्ने शक्ति कम हुन सक्छ ।

४ वर्षसम्म गरिएको थियो अनुसन्धान

शेली चड्डाका अनुसार यो तथ्यांक उनको एक शोधमा आधारित छ जसलाई पूरा गर्न गरिब चार वर्ष लागेको थियो । शेलीका अनुसार यो शोधमा युवायुवतीको सुन्ने बानी तथा कति भोल्युमसम्म उनीहरू सामान्यतया उजागर हुन्छन्– यी दुई कुरामा जोड दिइएको छ । शेलीको कुरा मान्ने हो भने यो जानकारीका आधारमा ती युवायुवतीलाई बहिरोपन हुनबाट बचाउनका लागि समाधान खोज्न पनि सहयोग भयो । 

फोनमा भोल्युम कन्ट्रोल प्रयोग गरौं 



चड्डाका अनुसार हामी सबैको स्मार्ट फोनमा एक साउन्ड कन्ट्रोलिङ सिस्टम हुन्छ, जसले तपाईंलाई कति आवाज प्राप्त भइरहेको र तपाईं आवाज सीमितताभन्दा माथि गइरहनुभएको छ वा छैन भन्ने बताउँछ । यस अवस्थामा यदि बहिरोपनको सिकार हुनबाट बच्न चाहनुहुन्छ भने स्मार्ट फोनमा दिइएको त्यो गाइडलाइनलाई अवश्य पनि अपनाउनुहोस् । यसका अतिरिक्त तपाईं बहिरोपनको सिकार हुनबाट बच्नका लागि यस्तो डिभाइस पनि प्रयोग गर्न सक्नुहुन्छ जसमा अटोमेटिक भोल्युम कन्ट्रोल हुन्छ । यसबाट कानमा ठूलो आवाज आउनेबित्तिकै आफैं आवाज कम हुने गर्छ ।
 



  • प्रकाशित मिति : भदौ ८, २०७६ आइतबार २१:२६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया