जी–७ समूह के हो ? के गर्छ ?

एजेन्सी– जी–७ समूहका देशको ४५ औं शिखर सम्मेलन फ्रान्समा सुरु भएको छ ।

जी ७ विश्वका सात सबैभन्दा ठूला तथा विकसित तथा उन्नत अर्थतन्त्र भएका देशहरुको समूह हो । यसमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत तथा अमेरिका छन् । यसलाई ग्रुप अफ सेभेन पनि भनिन्छ । 

यो समूहले आफूलाई नै ‘कम्युनिटी अफ भ्यालुज’ अर्थात् मूल्यको आदर गर्ने समुदायका रुपमा मानिरहेको छ । स्वतन्त्रता तथा मानवअधिकारको सुरक्षा, लोकतन्त्र तथा कानुनको शासन तथा समृद्धि र समुन्नत विकास यो समूहको प्रमुख सिद्धान्त हो । 

सबैभन्दा पहिले यो ६ देशको समूह थियो । यसको पहिलो बैठक सन् १९७५ मा भएको थियो । यसमा विश्वको आर्थिक संकटको सम्भावित समाधानमाथि विचार गरिएको थियो । यसको अर्को वर्ष क्यानडा पनि यो समूहमा सामेल भयो । अनि यसलाई जी–७ समूह भन्न थालियो । 

यो समूहको बैठक वर्षेनी बसिरहेको हुन्छ । 

सम्मेलनमा सात देशका राष्ट्र प्रमुख मात्र होइन, युरोपेली कमिसन तथा युरोपियन काउन्सिलका अध्यक्ष पनि सामेल भएका हुन्छन् । सम्मेलनमा अन्य देशका प्रमुखलाई पनि बोलाइएको हुनसक्छ । यस वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्यहाँ पुगेका छन् । 



यो वर्ष यो समूहले सबैभन्दा बढी चर्चा असामनताविरुद्धको लडाईंमा गर्ने तय भएको छ । 

तर, चीन यो समूहको हिस्सा छैन । चीनको अर्थतन्त्र कम्तिमा पनि विश्वको सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्रका रुपमा मानिन्छ । तर, चीन यो समूहमा छैन । यसको कारण चीनको जनसंख्या हो । चीनको जनसंख्या निकै धेरै भएकाले त्यहाँको प्रति व्यक्ति आय जी–७ समूहका देशको तुलनामा निकै कम छ । 



त्यसो त जी–७ समूह केही वर्षअघिसम्म जी–८ का रुपमा चिनिन्थ्यो । किनकि रुस पनि यो समूहमा थियो । तर, सन् २०१४ मा रुसले जब युक्रेनको क्रिमिया आफ्नो अधिनमा लियो, ऊ यो समूहबाट बाहिर निकालियो । 

  • प्रकाशित मिति : भदौ ९, २०७६ साेमबार ९:५८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया