हिरोइन भएपछि चोरबजार जान पाइनँः श्रद्धा

एजेन्सी– बलिउड अभिनेत्री श्रद्धा कपुरको पछिल्लो फिल्म ‘बत्ती गुल मिटर चालू’ले राम्रो गर्न सकेन । तर, उनको फिल्म स्त्रीले उनलाई नयाँ उचाइ दियो । अहिले चाहिँ उनी फिल्म साहोको प्रमोसनमा निकै व्यस्त छिन् ।

त्यही फिल्मको प्रमोसनमा लागेकाले हुनुपर्छ, श्रद्धा भारतीय मिडियामा निकै छाउन थालेकी पनि छन् । उनले एक भारतीय मिडियालाई दिएको अन्तर्वातामा चाहिँ आफूले हिरोइन भएकाले धेरै गुमाउनु परेको बताएकी छिन् । 

‘पहिले म रिक्सामा घरसम्म जान सक्थेँ, पैदल घरसम्म जान सक्थेँ,’ उनले भनेकी छिन्, ‘बजारमा सामान किन्दा निकै धेरै बार्गेनिङ गर्न पाउँथे । तर, हिरोइन भएपछि चोरबजार जान पाएको छैन, यसको पश्चाताप लागिरहेको हुन्छ ।’





  • प्रकाशित मिति : भदौ ९, २०७६ साेमबार १०:१३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया