काठमाडौं– मन्त्रिपरिषद्को नियमित बैठक आज दिउँसो बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति नभए पनि आज पहिलो पटक बैठक बस्न लागेको हो ।
स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीले पनि बैठकमा भिडियो कन्फरेन्समार्फत् सहभागिता जनाउने छन् । एक मन्त्रीका अनुसार आजको बैठक दिउँसो एक बजे बस्दैछ ।
भिडियो कन्फरेन्समार्फत् प्रधानमन्त्री सहभागी भएर नेपालमा गर्न लागिएको यो पहिलो मन्त्रिपरिषद् बैठक हो । यसका लागि प्रधानमन्त्री ओली सिंगापुर जानुभन्दा पहिले नै बसेको मन्त्रिपरिषद् बैठकले सरकारको कार्यसम्पादन नियमावलीमा संशोधन गरेको थियो । संशोधनपछि प्रधानमन्त्रीले भिडियो कन्फरेन्समार्फत् बैठकको अध्यक्षता गर्न सक्ने व्यवस्था गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।