शालिकराम आत्महत्या प्रकरण: कँडेलकाे बयान सुरु

भरतपुर– शलिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका युवराज कँडेलमाथि आज जिल्ला अदालत चितवनमा  बयान सुरु भएको छ । कँडेलसहित पक्राउ परेका तीन जनामाथि सरकारी वकिल कार्यालयले आत्महत्या दुरुत्साहनमा ५ वर्ष कैद र ५० हजार जरिवाना माग गर्दै जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेकाे थियाे ।  

अस्मिता कार्कीको आइतबार  बयान सकिएको र कँडेलको आज सुरु भएको हो ।

कँडेलको बयान सकिएलगत्तै रवि लामिछानेको बयान सुरु हुनेछ ।  लामिछाने र  कँडेलको बयान सकिएपछि थुनछेक बहस हुन्छ । थुनछेक बहसपछि मात्र थुनामा राख्ने कि छाड्ने भन्ने अदालतले आदेश दिन्छ ।





  • प्रकाशित मिति : भदौ ९, २०७६ साेमबार ११:३८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया