रविलगायतको बैंक खाता छानबिनका लागि राष्ट्र बैंकलाई जिप्रका चितवनको पत्र

काठमाडाैं । थुनामा रहेका टिभी प्रस्तोता रवि लामिछाने, युवराज कँडेल तथा अस्मिता कार्कीको बैंक खाता छानबिन हुने भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले लामिछानेलगायतको बैंक खाताको विवरण माग गर्दै नेपाल राष्ट्र बैंकलाई पत्र काटेको छ ।

अभियोगपत्रमा समावेश पत्रअनुसार तीनैजना प्रतिवादीको नेपालका वाणिज्य बैंकमा भएका खाता र तिनको विवरण माग गरिएको छ । सो अभियोगपत्र चितवन जिल्ला अदालतमा दर्ता भएको थियो ।

आत्महत्याअघि पत्रकार शालिकराम पुडासैनीले बनाएको भिडियोमा रविसहित सीधाकुरा जनतासँगको टिमले ठूला व्यापारी र तस्करसँग करोडौँ रकम असुलेको र आफूलाई थोरै रकम दिएको आरोप लगाएका थिए । सोही आधारमा प्रहरीले उनीहरूको बैंक् खाता छानबिन गर्न लागेको हो । 






  • प्रकाशित मिति : भदौ ९, २०७६ साेमबार १७:५७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया