रवि लामिछाने उच्च अदालत जाने

भरतपुर– सोमबार साँझ चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन अभियोग खेपिरहेका टिभी कार्यक्रम प्रस्तो रवि लामिछानेलाई पाँच लाख धरौटी लिएर छोडेको छ । उनीसँगै यो प्रकरणमा पक्राउ परेका युवराज कँडेललाई ३ लाख धरौटीमा र अस्मिता भनिने रुकु कार्कीलाई साधरण तारेखमा अदालतले छोडेको छ । 

तर, अदालतको यो फैसलाबाट रवि लामिछाने सन्तुष्ट छैनन् । हिरासतबाट बाहिर आएलगत्तै श्रीमती निकिता घिमिरेको फेसबुकमा भिडियो लाइभ गर्दै रविले भनेका छन्, ‘अदालतको फैसलालाई सम्मान त गर्छौँ, तर यसमा हाम्रा केही रिजर्भेसन छन् ।’

उता, उनी पक्षका अधिवक्ताहरुले उच्च अदालतमा जाने बताएका छन् । ‘हामी चितवन जिल्ला अदालतको आदेशलाई सम्मान त गर्छौँ, तर न्यायको माग गर्दै उच्च अदालत जान्छौँ,’ रवि लामिछानेको पक्षमा वकालत गरिरहेका अधिवक्ता सुशील पन्तले भनेका छन् ।





  • प्रकाशित मिति : भदौ १०, २०७६ मंगलबार ७:५७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया