रविले भने– मैले राजनीति जानेको छैन, आउँदिनँ

भरतपुर– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले पाँच लाख धरौटीमा रिहा भएको भोलिपल्ट मंगलबार पत्रकार सम्मेलन गरेका छन् । 

भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित अधिकांशले रविलाई राजनीतिमा आउन सुझाव दिएका थिए । 

कार्यक्रममा केहीले भने, ‘राजनीतिमा आउने मात्र होइन, रवि दाइ प्रधानमन्त्री बन्नुपर्छ ।’

यो जिज्ञासाको जवाफमा रविले भने, ‘मैले जानेको कुरा होइन, राजनीति म आउँदिनँ ।’ तर, उनी यतिमा नै रोकिएनन् । बरु राजनीतिमा आउने संकेत गर्दै उनले भने, ‘यसको अर्थ सबै सम्भावना अन्त्य भएको हो भन्ने पनि होइन ।’

रविले देशमा नेताहरु इमान्दार भइदिए उनी र उनीजस्ता अरु केही व्यक्ति राजनीतिमा आउनै नपर्ने तर्क पनि गरे । उनले भने, ‘राजनीतिज्ञले आफूले निर्वाचन जितेर आएको स्थानबारे सोच्नु पर्यो, इमान्दार व्यक्ति भइदिए पुग्छ ।’ उनले नेताहरु इमान्दार नभएकाले र आफ्नो काम नसोचिरहेकाले आफूहरुले प्रश्न गर्न परेको पनि बताए ।

अब अझ जिम्मेवार भएर अगाडि बढ्ने बताउँदै रविले भने, ‘हामीले प्रश्न सोध्न छोड्नुहुँदैन ।’





  • प्रकाशित मिति : भदौ १०, २०७६ मंगलबार ९:४८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया