एजेन्सी– केही दिनअघिसम्म रानु मन्डललाई दुई छाक खान धौधौ थियो । उनी रेलवे स्टेसनमा गीत गाएर बस्थिन्, त्यहाँ उठेको पैसाले आफ्नो भोको पेट भर्थिन् ।
तर, एक दिन एक यात्रुले रानुको भिडियो खिचे, सामाजिक सन्जालमा हाले । अनि उनी भाइरल भइन् । यता सामाजिक सन्जालमा रानु भाइरल हुनुको अर्थ के भयो भने उनका दुःखका दिन सकिए । कतिसम्म भने रानुलाई हिमेश रेशमियाले आफ्नो फिल्ममा गीत गाउन पनि दिए । रानुसँग त अब नाममात्र होइन, पैसा पनि भएको छ ।
यतिमात्र होइन, उनीसँग १० वर्षपछि उनकी छोरी पनि भेट्न आएकी छिन् । रानुकी छोरी खासमा सम्बन्धविच्छेद गरेर बसेकी रहिछिन् । किराना पसल चलाएर बस्ने रानुकी छोरी सातीकी एक छोरा पनि रहेछन् । आमा भाइरल भएपछि उनी आमासम्म पुगेकी छिन् ।
रानुले रेलवे स्टेसनमा गाउँदै गरेको भिडियो अतिन्द्र चक्रवती नामका एक व्यक्तिले खिचेका थिए । उनले आफ्नो फेसबुकमा त्यो भिडियो राखेका थिए । अहिले अतिन्द्र भन्छन्– म खुसी छु, रानुले आफ्नो छोरी पनि भेट्न पाएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।