एनआईसी एशिया बैंकको सुविधायुक्त सुपर चमत्कारिक निक्षेप योजना

काठमाडाैं– बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने मूल नाराका साथ अगाडि बढिरहेको बैंक एनआईसी एशियाले २२ औं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । यस अघिको चमत्कारिक निक्षेप योजनाको सफलतापछि बैंकले सुपर चमत्कारिक बचत योजना संचालनमा ल्याएको हो । 

सुपर चमत्कारिक बचत खाता, सुपर चमत्कारिक नारी बचत खाता, सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, सुपर चमत्कारिक बाबु नानी बचत खाता, सुपर चमत्कारिक विद्यार्थी बचत खाता, सुपर चमत्कारिक स्वरोजगार बचत खाता, सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, सुपर चमत्कारिक उद्यमशील बचत खाता, सुपर चमत्कारिक तलब बचत खाताले आम जनमानसको बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

उपरोक्त उल्लेखित निक्षेप योजनाहरुमा ग्राहकले आफू तथा आफ्नो परिवारको सुरक्षार्थ रु १ करोड ३१ लाख ५० हजारसम्मको बिमा सुविधा प्राप्त गर्ने, परिवारका सम्पूर्ण सदस्यहरुले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि रु १ करोड सम्मको बिमा सुविधा, दम्पत्तिको लागि २५ घातक रोगहरुको लागि रु ३० लाख सम्मको बिमा सुविधा, परिवारका लागि रु १ लाख ५० हजार सम्मको औषधी उपचार बिमा सुविधासमेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

सुपर चमत्कारिक बचत योजनाअन्तर्गत देशभरका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट रकम निकाल्न अन्य कुनै शुल्क नलाग्ने बताइएको छ । 

अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा यस योजनाले समेटेको छ । अहिले एनआईसी एशियाले २९७ शाखा कार्यालयहरु, ३४६ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग सेवा दिँदै आएको छ । 





  • प्रकाशित मिति : भदौ १०, २०७६ मंगलबार ११:२५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया