प्रधानमन्त्रीले सिंगापुरबाट देश चलाएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले सिंगापुरबाट भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक गरेकोमा प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले मंगलबार प्रतिनिधिसभा बैठकमा यसबारे सभामुखको ध्यानाकर्षण गराएका थिए । 

उनको ध्यानाकर्षणलगत्तै नेपाली कांग्रेसका सांसदहरुले यथास्थानबाट उठेर भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गरेकोमा आपत्ति जनाए । प्रमुख सचेतक खाँडले प्रविधिको दुरुपयोग उपयुक्त नहुने भन्दै आपत्ति जनाए ।

प्रधानामन्त्रीको अनुपस्थितिमा भिडियो कन्फ्रेन्सको माध्यमबाट मन्त्रिपरिषद् बैठक चलाउन मिल्ने कार्यविधिमा संशोधन भएको भन्दै उनले यसबाट सूचना चुहिने र गोपनीयता पनि भंग हुने सम्भावना औँल्याउँदै यो बिल्कुलै अनुचित भएको दाबी गरे । 

एकातिर कार्यबाहक प्रधानमन्त्री तोक्ने अर्काेतिर भिडियो कन्फ्रेन्स गरेर आफैँ कार्यरत भएके देखिनुले यस्मा सरकार र प्रधानमन्त्रीको गम्भीर त्रुटि देखिएको भन्दै आइन्दा यस्तो नगर्न उनले सरकारको ध्यानाकर्षण गराए ।

उनले प्रधानमन्त्री नहुँदा भिडियो कन्फ्रेन्समार्फत क्याबिनेटको बैठक सञ्चालन गर्न मिल्ने हो भने सभामुख नहुँदा त्यसरी नै प्रतिनिधिसभाको पनि बैठक बस्न सक्छ त भने र सभामुखको ध्यानाकर्षण गराएका थिए । 





  • प्रकाशित मिति : भदौ १०, २०७६ मंगलबार १७:०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया