नेप्से परिसूचकमा चार अंकको सुधार

काठमाडौं–  मंगलबार सेयर कारोबार मापन गर्ने  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा चार अंकको सुधार आएको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४.८७ अंकले बढेर  १ हजार २ सय ८ अंकमा पुगेको हो ।

नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स्ट पनि १.०३ अंकले बढेर २ सय ६३.३९ अंकमा पुगेको छ । सेयर बजारमा १ सय ६७ कम्पनीका ८ लाख ५० हजार ३ सय ८६ कित्ता सेयर २४ करोड ४६ लाख ६८ हजार २ सय ९ रुपैयाँमा कारोबार भए ।

कारोबारमा आएका ११ वटा समूहगत उपसूकमध्ये होटेल र निर्जीवन बिमा समूह ओरालो लागे भने बाँकी सबै समूह उकालो लागे । लाइफ इन्स्योरेन्स समूह सर्वाधिक १५.३ अंकले उकालो लागेको हो ।

मंगलबार बजारमा एनआइसी एसिया बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर २ करोड ३६ लाख २८ हजार १ रुपैयाँमा कारोबार भएको हो ।

सेयर बजार बढेको दिन सबैको लघुवित्त वित्तीय संस्थानका लगानीकर्ताले सर्वाधिक कमाए । साे कम्पनीको सेयर ९.९४ प्रतिशतले बढेको हो । त्यसैगरी, सिटी एक्सप्रेसका लगानीकर्ताले सर्वाधिक ६.८९ प्रतिशत सेयर मूल्य गुमाए । 





  • प्रकाशित मिति : भदौ १०, २०७६ मंगलबार १७:१३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया