‘निर्वाचित वडाध्यक्ष वैदेशिक रोजगारीका लागि कोरिया गए, अब साे पदका लागि उपनिर्वाचन हुने कि नहुने ?’

काठमाडौं । संखुवासभाको खाँदवारी नगरपालिका वडा नम्बर ५ का निर्वाचित वडाध्यक्ष बलहादुर घले वैदेशिक रोजगारीका लागि कोरिया गएपछि साे पदका लागि उपनिर्वाचन हुने कि नहुने भनेर सांसद राजेन्द्र गौतमले मंगलबार संसदमा प्रश्न उठाएका छन् । 

सांसद गौतमले मंगलबार संसदमा प्रश्न गरे, ‘जनताको सेवा गर्छु भनी भोट लिएर चुनाव जितेका जनप्रतिनिधि देशै छाडेर हिँडे भने कानुनले के भन्छ ? खाली रहेको पदमा उपचुनाव हुन्छ कि हुँदैन ?’

घले इपिएस कोटाबाट कोरिया गएपछि त्यहाँ वडा सदस्यलाई कार्यवाहककाे जिम्मेवारी दिइएको छ । साेही जानकारी गराउँदै संखुवासभाका निर्वाचित सांसद गौतमले आगामी मंसिर १४ गते हुने उपचुनावमा सो वडामा वडाध्यक्षको चुनाव हुन्छ कि हुन्न भनी प्रश्न गरेका हुन् ।

गौतमले भने– कानुन अनुसार मृत्यु भएमा वा अन्य कारणले रिक्त रहेमा उपचुनाव हुने भनिएको छ । अब त्यो पद खाली हुन्छ कि हुन्न ? सरकार र निर्वाचन आयोगले प्रष्ट पारोस् ।

उनले ‘निर्वाचित जनप्रतिनिधिले देशै छाडेर आफ्नो जिम्मेवारीबाट भाग्दा कानुनले के भन्छ ?’ भन्र जिज्ञासा राखेका थिए ।





  • प्रकाशित मिति : भदौ १०, २०७६ मंगलबार १८:२२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया