तालाबन्दीका कारण काठमाडौं विश्वविद्यालयका कामकाज ठप्प

काभ्रे– धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयका प्राध्यापक र कर्मचारी संघले उपकुलपति, रजिस्ट्रार र डिनको कार्यालयमा लगाएको ताला २१ दिन बितिसक्दा पनि खुलेको छैन । 

प्राध्यापक संघ र कर्मचारी संघले विश्वविद्यालय नीति–नियम र पद्धतिबाट भन्दा पनि व्यक्तिविशेषबाट चलाउन खोजिएको र त्यसभित्र देखिएका अनियमितता, दक्षता र अनुभवीलाई विभिन्न विभागको जिम्मेवारी सुम्पिन र पेसागत हितलगायतका विषयमा २१ दिन अगाडिदेखि ताला लगाएको हो । 

दुवै संघले आफ्ना मागलाई सम्बोधन गर्न दबाब दिने उद्देश्यले विश्वविद्यालयको उपकुलपतिको कार्यालय, रजिस्ट्रारको कार्यालय, स्कुल अफ साइन्सको डिनको कार्यालय र स्कुल अफ इन्जिनियरिङ डिनको कार्यालयमा ताला लगाएको हो । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष वेदमणि दाहालले आफूहरुले राखेको माग पूरा नभएसम्म तालाबन्दी जारी राख्ने बताए । 

स्कुल अफ म्यानेजमेन्टका डिन प्रा‍डा विजय केसीको संयोजकत्वमा प्राडा बालमुकुन्द्र लुइँटेल र प्रशासन व्यवस्थापन सेवा महाशाखा प्रमुख मुकुन्द उपाध्याय सदस्य रहेको समिति गठन गरेको छ । तर, सो समितिले औपचारिक रूपमा भने वार्ता सुरु नगरेको आन्दोलनरत पक्ष र वार्ता समितिले जनाएको छ । वार्ता समितिका संयोजक केसीले औपचारिक रूपमा नभए पनि अनौपचारिक रूपमा कुराकानी भइरहेको बताए । 

आन्दोलनरत पक्षले भने वार्ताका लागि गठित समिति अधिकारसम्पन्न नभएको र त्यसले गर्ने सम्झौता विश्वविद्यालय नेतृत्वले कार्यान्वयन गर्छ भन्ने विषयमा ढुक्क नभएकाले त्यसको ग्यारेन्टी नगरेसम्म वार्ता गर्न नसकिने जनाएको छ । 

आन्दोलनरत पक्षले ती कार्यालयमा ताला लगाए पनि नियमित पठनपाठन र कार्यालयको अन्य काममा भने कुनै पनि बाधा नपुर्याएको जनाएको छ । 





  • प्रकाशित मिति : भदौ ११, २०७६ बुधबार १५:१७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया