बुधबार रातिदेखि नेपाल–जापान सीधा हवाई उडान

काठमाडौं– बुधबारदेखि नेपाल–जापान सीधा हवाई उडान सुरु हुने भएको छ । नेपाल एयरलाइन्सले पहिलोपटक जापानका लागि सीधा उडान सुरु गर्न लागेको हो । 

राति २ः३० बजे हुने पहिलो उडानमा करिब ९० यात्रु सहभागी हुन लागेको निगम स्रोतले जानकारी गराएको छ । त्रिभुवन विमानस्थलबाट जापानको ओशाकास्थित कान्साई विमानस्थलमा अवतरण हुन निगमको जहाजलाई करिब साढे ६ घन्टा लाग्नेछ । 

पहिलो उडानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा नेतृत्वको टोली पनि सहभागी हुनेछ । मन्त्री बुढाको साथमा मन्त्रालयका सहसचिव, निगम सञ्चालक समितिका सदस्यहरु र व्यापारिक साझेदारलगायत २५ जनाको नेपाली टोली पाहुनाका रुपमा सहभागी हुनेछ । 

नेपाल एयरलाइन्सले वाइडबडी जहाज ए ३३०–२०० जहाजमार्फत पहिलो उडान गर्नेछ । नेपाल एयरलाइन्सका लागि ओशाका पुरानै गन्तव्य भए पनि यसअघि सीधा उडान भएको थिएन ।





  • प्रकाशित मिति : भदौ ११, २०७६ बुधबार १५:५१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया