काठमाडौं– ट्राफिक प्रहरीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ चढ्ने गाडीमा ह्विल लक गरेको छ ।
अनधिकृत रुपमा पार्किङ गरी राखिएको फेला परेका कारण मन्त्री महासेठ चढ्ने गाडीमा ह्वलि लक गरएिको हो ।
मन्त्री महासेठले चढ्ने गरेको बा२झ ४८६२ नम्बरको गाडीमा बुधबार ट्राफिक प्रहरीले ह्विल लक गरेको हो । नो पार्किङ एरियामा पार्किङ गरी राखिएकाले कारबाही गरिएको ट्राफिक प्रहरी प्रभाग कोटश्वरले जानकारी गराएको छ ।
गाडी चालकलाई कारबाहीस्वरुप पाँच सय रुपैयाँ जरिबाना पनि गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।