बिप्पा सम्झौताविरुद्ध परेको रिट खारेज

काठमाडौं– नेपाल र भारतबीच आठ वर्षअघि भएको बिप्पा सम्झौतालाई सर्वोच्च अदालतले मान्यता दिएको छ । 

नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ कात्तिक ४ गते भारतसँग बिप्पा सम्झौता गरेका थिए । सो सम्झौतामा भारतका तर्फबाट तत्कालीन भारतीय प्रधानमन्त्री मनमाेहन सिंहले हस्ताक्षर गरेका थिए ।

सो सम्झौताविरुद्ध सर्वोच्चमा दायर भएको रिट निवेदन अदालतले खारेज गरिदिएको छ । बिप्पा सम्झौता राष्ट्रघाती भएको भन्दै अधिवक्ता बालकृष्ण न्यौपानेले २०६८ कात्तिक १६ गते सर्वोच्चमा रिट हालेका थिए ।

उक्त रिटको सुनुवाइ गर्दै अदालतले बुधबार खारेज गरिदिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासले उक्त मुद्दा खारेज गरिदिएको हो ।

यसअघि सो रिटमा अदालतले अन्तरिम आदेश जारी गरेको थियो । 





  • प्रकाशित मिति : भदौ ११, २०७६ बुधबार १७:१८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया