नेकपा नेताले नै भने– प्रधानमन्त्रीले विदेशबाट मन्त्रिपरिषद् बैठक बोलाउनु गलत

धनगढी– प्रधानमन्त्रीले विदेशबाट भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक बोलाएको विषयमा प्रतिपक्षी दल नेपाली कांग्रेसले चर्को आलोचना गरिरहेको छ । प्रतिपक्षी दलले सो विषयमा आलोचना गरिरहेका वेला नेकपाकै स्थायी कमिटी सदस्य भीम रावलले पनि त्यसको विरोध गरेका छन् । 

बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै नेता रावलले प्रधानमन्त्रीले विदेशबाट भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक बोलाउनु सुरक्षा र कानुनका दृष्टिले गलत भएको बताएका हुन् ।

नेता रावलले प्रधानमन्त्री आफैँले उपप्रधानमन्त्री ईश्वर पोख्रेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको स्मरण गराउँदै विदेशबाट आफैं मन्त्रिपरिषद् बैठक बोलाउनु जरुरी पनि नभएको र यो काम आफैँमा विवादास्पद भएको बताए ।

‘आधुनिक युगमा गयौँ भन्दैमा अरु कुनै चिजको ख्याल नगरिनु राम्रो होइन,’ उनले भने, ‘देशको सुरक्षा र गोपनीयताको कुरामा भिडियो कन्फ्रेन्स उपयुक्त होइन ।’ 

भोलिका दिनमा प्रदेश र स्थानीय तहका सरकारले पनि संघीय सरकारको यही सिको गर्नसक्ने सम्भावना रहनेतर्फ रावलले सचेत गराए । 





  • प्रकाशित मिति : भदौ ११, २०७६ बुधबार १७:३९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया