जापान पुग्यो नेपाल एयरलाइन्सको पहिलो उडान

काठमाडौं– नेपाल एयरलाइन्सको पहिलो जापान उडान सफल भएको छ । काठमाडौंबाट उडान भरेको विमानले जापानको ओशाकास्थित कान्साई इन्टरनेसनल विमानस्थलमा अवतरण गरेको हो ।

विमानमा १ सय ३४ यात्रु सवार थिए । यीमध्ये ४९ जना सरकारी तथा निजी क्षेत्रको प्रतिनिधि टोली हो । पहिलो उडान भएकाले त्यसमा प्रतिनिधि टोली पनि गएको थियो ।

यो विमानमा सवार टोलीलाई बुधबार राति त्रिभुवनविमानस्थलबाट पर्यटनमन्त्री योगेश भट्टराईले बिदाइ गरेका थिए । नेपाली टोलीमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा पनि गएका थिए । 

ए ३३०–२०० सय कलसाइनको यो विमानको पहिलो जापान उडान हो । जहाजलाई जापानसम्म क्याप्टेन महेश्वरमान डंगोल र श्रवण रिजालले कमान्ड गरेका थिए । यो विमानको फिर्र्ती उडान विजय लामाले कमान्ड गर्नेछन् ।





  • प्रकाशित मिति : भदौ १२, २०७६ बिहीबार १३:३२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया