राष्ट्रिय सभामा पेस भयो मिडिया काउन्सिल विधेयक

काठमाडौं– सरकारले राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा ‘नेपाल मिडिया काउन्सिल विधेयक २०७५’ पेस गरेको छ । सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सो विधेयक पेस गरेका हुन् । 

मन्त्री बाँस्कोटाले सबैखाले मिडियाको अनुगमन गर्ने अधिकार मिडिया काउन्सिललाई हुने गरी सो विधेयक ल्याइएको बताए । सरकारले सो विधेयक ल्याउन तयारी गरेको लामो समय भइसकोको भए पनि सरोकारवाला र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण ल्याउन ुकेको थिएन ।  

विधेयक पेस गर्नुअघि मन्त्री बाँस्कोटाले सरोकारवालासँग छलफल गरी विधेयकमा आवश्यक परिमार्जन गर्न सकिने प्रतिबद्धता जनाएका थिए । मन्त्रीको प्रतिबद्धतापछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले दर्ता गराएको विरोधको सूचना फिर्ता लिएका थिए । 

नेपाल मिडिया काउन्सिल विधेयक २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरु राधेश्याम अधिकारी , सरिता प्रसाई, अनिता देवकोटा र प्रकाश पन्थले विरोधको सूचना दर्ता गराएका थिए । मन्त्रीको प्रतिबद्धतापछि सांसद अधिकारीले सबैका तर्फबाट विरोधको सूचना फिर्ता लिएका थिए । 

राष्ट्रियसभाको आगामी बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ ।





  • प्रकाशित मिति : भदौ १२, २०७६ बिहीबार १६:५२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया