गृह मन्त्रालयले गर्याे ३१ सिडिओको सरुवा

काठमाडौं । गृह मन्त्रालयले बिहीबार ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । सरुवापछि काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर, सुर्खेतलगायत जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् । 

काठमाडौंकाे प्रमुख जिल्ला अधिकारीमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ल्याइएकाे छ । यसअघिका जिसिअ रामप्रसाद आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएकाे छ । 

ललितपुरका प्रजिअ प्रेमराज जोशी मकवानपुर सरुवा भएका छन् भने उनको ठाउँमा धादिङका प्रजिअ भगिरथ पाण्डेयलाई ल्याइएको छ । मकवानपुरका प्रजिअ आशमान तामाङ धादिङ सरुवा भएका छन् । त्यस्तै काभ्रेका प्रजिअ उदयबहादुर राना झापा सरुवा भएका छन् ।

काे–कहाँ सरुवा भए ?





  • प्रकाशित मिति : भदौ १२, २०७६ बिहीबार १७:११:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया